राजनीति

    Showing 2,761-2,770 of 7,524 items.
  • काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र समर्थकहरुको स्वागत

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।पूर्वराजालाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 335 पटक पढिएको
  • चैत ४ गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं— राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 341 पटक पढिएको
  • राजा ल्याउन राष्ट्रवादीको शक्ति प्रदर्शन

     काठमाडौं— पोखरबाट काठमाडौं फर्कंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत र समर्थन गर्न आफूलाई राष्ट्रवादी शक्ति दाबी गर्नेहरू र्‍यालीसहित अघि बढेका छन्। आइतबार दिउँसो पूर्वराजाका समर्थकहरू र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायतका नेताहरू त्रिभुवन विमानस्थलतर्फ अघि बढेका हुन्।उनीहरुले राजतन्त्रको पुनर्बहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन्। पूर्वराजा शाह ३ बजे काठमाडौं फर्कने कार्यक्रम तय भएको छ। उनलाई र्‍यालीले स्कटिङ गर्दै निर्मलनिवाससम्म पुर्‍याउने बताइएको छ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 327 पटक पढिएको
  • सांसद राई भन्छिन् राजावादीका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा हुन्छ,

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्।​ राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्। उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन्।राईले भनिन्‚ ‘यति वेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् र संविधान उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धि फेरि खोस्न चाहँ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 281 पटक पढिएको
  • तीन करोडभन्दा साना आयोजना प्रस्ताव नगर्न मन्त्री पौडेलको आग्रह

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गरे ।उनले ठूला रूपान्तरणकारी तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिए । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनुपर्ने र एक पटकका लागि सिडम

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 239 पटक पढिएको
  • नेविसंघले देउवाको स्वागतका लागि राखेका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएपछि...

    काठमाडौं— धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।सोमबार(भोलि)देखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशीलगायत देखिएका छन् । मुख

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 273 पटक पढिएको
  • जाँडले लठ्ठीएर अनेरास्ववियुमा प्रवेश, नशा उत्रिएपछि नेविसंघमा

    काठमाडौं— बझाङमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गरेका जङ्ग रोकाया फेरि नेविसंघमा नै फर्किएका छन् ।जिल्लाको साइपाल गाउँपालिका घर भएका रोकायालाई शनिबार विहान अनेरास्ववियु बझाङ काठमाडौँ सम्पर्क कमिटी सचिव आकाश जेठाराले अविर र दोसल्ला ओढाएर संगठनमा प्रवेश गराएका थिए ।रोकाया आफू खुसी संगठनमा प्रवेश गरेको सचिव जेठाराले बताए । तर यता रोकायाले भने सामाजिक सञ्जाल आफ्नो फेसबुकमा आफूलाई जाँड (मदिरा) पिलाएर संगठनमा प्रवेश गराएको आरोप लगाएका छन्नेविसंघको राजनिति गरिरहेका रोकाया नेविसंघ सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 366 पटक पढिएको
  • सांसद अमरेशकुमार सिंहको पुतला दहन

    काठमाडौं— रौतहटको सदरमुकाम गौरमा संघीय सांसद अमरेशकुमार सिंहको पुतला दहन गरी प्रर्दशन भएको छ। सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै गौर नगरपालिकाका पदाधिकारीहरुले नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् ।गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रती नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले सांसद सिंह  मुर्दावाद,  भगौडा साँसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग भनेर नारा लगाएका थिए।प्रदर्शनकारीहरु ब्यानर, प्ले कार्ड बोकेर पुतला दहन गर्दै गौरबासी सँग सांसद सिंहले अविलम्ब माफी नमागेमा उनी विरुद

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 303 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक बस्दै, स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस हुने

    काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सभासमक्ष प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसमा अलावा सभामा शून्य समय, विशेष समय समेत चल्नेछन् । जहाँ सांसदहरूले विभिन्न विषय उठाउनेछन् ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 311 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् ।   उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आइतबार १ हजार ३ सय ७७ विद्यार्थी दीक्षित हुँदैछन्।दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओली दिउँसो काठमाडौंबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदैछन्।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 289 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा