काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै युट्युब सामग्री (कन्टेन्ट) बनाएको आरोपमा रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।पाँचथरको फागुनन्द गाउँपालिका–६, आङसाराङका पोखरेलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अदालतले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।पोखरेललाई यसअघि २०८२ चैत २६ गते पक्राउ गरिएको थियो। त्यसबेला उनको पक्राउको सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले उनलाई दुई दिनपछि परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।पछि उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा विद्युतीय
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन् । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा साइन्स ल्याब तथा स्मार्ट कक्षाको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् ।अवलोकनका क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन सेल्फ–लर्निङमा आधारित उक्त तालिम एडिबी र शिक्षा
काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको १०० दिनमा कृषि, वन तथा पर्यावरण क्षेत्रमा भएको उपलब्धीहरु सार्वजनिक गरेको छ ।मन्त्रालयले कृषि बीमा, मल व्यवस्थापन तथा कृषि उत्पादनको संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा प्रविधिमैत्री सुधारका काम अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी बीमालाई थप सरल, सहज र प्रभावकारी बनाउन कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानसम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया अघि उल्लेख गरेको छ । बीमा प्रिमियममा अनुदान वितरणलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न विकसित एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम संघीय निकायम
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए । उनले दार्चुलाको दुम्लिङ क्षेत्र अत्यन्तै विकट रहेको उल्लेख गर्दै सडक र सञ्चार पूर्वाधार अझै पर्याप्त नभएको बताए । नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयास भइरहेको जानकारी आफूले पाएको उनले बताए ।महाकाली नदी क्षेत्रमा थप पुल निर्माणका लागि भारतको लिखित सहमति आवश्यक पर्ने भन्दै स
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणाल
काठमाडौं /उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गरेकी छन् । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् । नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ’सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ’सिफ्ट प्रणाली’ का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ ।निगममा ओभरटाइम भत्ताका नाममा गत बर्षमात्रै वार्षिक १३ करोड रुपैयाँसम्म खर्च हुँदै आएको तथ्याङ्क छ। मन्त्री यादवले यस प्रकारको फ
काठमाडौं— प्रतिनिधिसभा बैठक सुरु भए पनि संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन। प्राविधिक समस्याका कारण नियमित रूपमा युट्युबमार्फत हुने लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा सभामुखले मन्त्रिपरिषद्बाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यससँगै सरकारले ल्याएका चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि दफावार छलफल र पारित गर्ने तयारी गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव पेश गर्ने
काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड एनटीबीले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली सार्क मुलुकबाट ४८ हजार २५४ जना आएका छन्
काठमाडौं । दक्षिण चीनको बेइसे सहरमा आँपको कटानी मौसम सुरु भएको छ । यस वर्ष किसानहरूले परम्परागत तरिकाको सट्टा आधुनिक प्रविधिको सहयोगमा उत्पादन संकलन गरिरहेका छन् । स्थानीय किसानहरूले आँफ टिप्न ड्रोनको प्रयोग गर्न थालेका छन, जसले श्रम र समय दुवै बचत गरेको छ । एक ड्रोन अपरेटर याङ जियाङका अनुसार, ‘पहिले १० हजार किलोग्राम आँप टिप्न करिब १० घण्टा लाग्थ्यो, तर ड्रोनको प्रयोगले अहिले ५–६ घण्टामै काम सकिन्छ ।’ कृषि क्षेत्रमा अब स्मार्ट उपकरणहरूको प्रयोग पनि बढेको छ । मौसम, माटोको आद्र्रता, कीरा–रोगको पहिचान तथा पूर्वसूचना प्रणाली जस्ता प्रविधिहरू चीनका बगैंचामा व्यापक रूपमा प्रयोग भइरहेका छन् ।त्यस्तै
काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ ।कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् । जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ । व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको जनाएको छ । विशेषगरी अपरिचित व्यक्ति, ठूला समूह च्याट तथा व्यवसायसँगको संवादमा अब फोन नम्बर देखिने छैन ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.