धर्म/संस्कृति

    Showing ३१-४० of ९७९ items.
  • साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

    काडमाडौं / साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताएका छन् । उनले मन्दिरमा दर्शनका लागि करिब आधा घण्टा मात्रै लाइनमा बस्नु परेको बताए ।उनले पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र सहज बनाएको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २०९ पटक पढिएको
  • नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

    काठमाडौं / पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ । साउन २७ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक महोत्सवमा भजन, कीर्तन, नाचगान तथा आध्यात्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । संकल्पकर्ता राजानन्द माण्डव्य महोत्सवको उद्देश्य वैदिक सनातन धर्मप्रति भक्तजनलाई जागृत गराउनु रहेको बताए । उनले बृहस्पति अस्त भएका कारण विशेष यज्ञ तथा अनुष्ठान गर्न नमिल्ने समयलाई धार्मिक जागरणका रूपमा उपयोग गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।‘श्रावण महिना भगवान् शिवको विशेष महिना भएकाले यस अवधिभर पशुपतिनाथमा भक्तजनको विशेष उपस्थिति हुनेगर्छ । यही अवसरलाई लक्षित गरेर महोत्सव

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १९४ पटक पढिएको
  • साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

    काठमाडौँ। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो ।  पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ । पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उहाँले स्वीकार गर

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २४२ पटक पढिएको
  • आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

    काठमाडौं— आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ ।सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहदै आएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ४४८ पटक पढिएको
  • पशुपति क्षेत्रमा सरसफाइ

    काठमाडौँ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो । सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।शनिबारको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उहाँले बताउनुभयो । दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगङ्गा र वनकाली क्षेत्रमा पनि

    • प्रकाशित मितिः साउन ३, २०८३
    • २८१ पटक पढिएको
  • ‘लुतो जा...’, रोग भागोस्’ भन्दै यसरी मनाइन्छ सुदूरपश्चिममा लुतो पर्व

    काठमाडौं / सुदूरपश्चिम प्रदेशका दार्चुलासहित विभिन्न जिल्लामा आज साउन १ गते परम्परागत रुपमा लुतो पर्व मनाउने चलन छ ।साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको छ । पर्वका अवसरमा साँझपख स्थानीय बासिन्दाले सल्लोको दियालो, सुक्खा काठ तथा अन्य स्थानीय सामग्रीबाट बनाइएको राँको मशाल बाली घर, आँगन, गोठ र खेतबारी वरिपरि घुमाउने गर्छन् । त्यसपछि राँकोलाई गाउँको सीमा, चौबाटो वा खोल्सोतर्फ लगेर फाल्ने परम्परा छ । दार्चुलाका ग्रामीण बस्तीमा विशेष गरी युवायुवती र बालबालिका सामूहिक रूपमा राँको बोकेर चौबाटोमा जम्मा भैइ ‘लुत

    • प्रकाशित मितिः साउन १, २०८३
    • २४० पटक पढिएको
  • साउने सङ्क्रान्ति मनाइँदै

    काठमाडौं— सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने सङ्क्रान्तिकै दिन सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।असार महिनाभर खेतबारीमा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न वा मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ । यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती

    • प्रकाशित मितिः साउन १, २०८३
    • ४७१ पटक पढिएको
  • गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दिप प्रज्वलन

    काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनले दिप प्रज्वलन गरेको छ ।सोमबार साँझ फाउन्डेसनका पदाधिकारी एवम सदस्यहरुसहितको समूहले माइतीघर मण्डलामा दिप प्रज्वलन गरेको हो । सो अवसरमा उनीहरुले ट्राफिक सम्बन्धि सचेतनामूलक सन्देश पनि प्रवाह गरेका थिए । उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । त्यसपछि आत्मदाह प्रया

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १४८ पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालक

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४८५ पटक पढिएको
  • आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं— नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए । उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गरेको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।विसं १८७१ अ

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.