धर्म/संस्कृति

    Showing २१-३० of ९७९ items.
  • प्रकाश मानव अधिकार पुरस्कार–२०८२ रुद्रबहादुर खड्कालाई

    काठमाडौं— शोषण, विभेद र सामाजिक अन्यायविरुद्ध दुई दशकभन्दा लामो समयदेखि अभियानमा सक्रिय सिन्धुलीका रुद्रबहादुर खड्का ‘प्रकाश मानव अधिकार पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३४औँ स्मृति दिवसका अवसरमा प्रदान गरिएको ३२औँ प्रकाश मानव अधिकार पुरस्कार खड्कालाई प्रदान गरिएको हो। साउन १६ गते ललितपुरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले खड्कालाई सम्मानपत्र, नगद ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिन्।पुरस्कार प्रदान गर्दै न्यायाधीश मल्लले राजनीतिक परिवर्तन भए पनि द्वन्द्वका क

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ४९५ पटक पढिएको
  • सामाजिक सञ्जालमार्फत सामाजिक सद्भावमा खलल पु-याउने ८ जना पक्राउ

    जनकपुरधाम । मधेस प्रदेशमा सामाजिक सद्भाव कायम राख्न प्रहरीले सुरक्षा निगरानी थप कडा बनाएको छ। सामाजिक सञ्जालमार्फत उत्तेजक सामग्री प्रसारण गरी हिंसा भड्काउने आरोपमा शुक्रबार सिरहाबाट पाँच र धनुषाबाट तीन गरी आठ जनालाई पक्राउ गरिएको हो।प्रहरीका अनुसार पक्राउ परेकामाथि विद्युतीय माध्यमको दुरुपयोग गर्दै साम्प्रदायिक तथा सामाजिक सद्भावमा असर पुग्ने सामग्री फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र उत्तेजक सामग्रीले तनाव बढाउने जोखिम देखिएपछि निगरानी पनि बढाइएको छ।यसअघि सर्लाहीमा बाहिरी जिल्लाबाट प्रदर्शनमा सहभागी हुन पुगेका पाँच जनालाई स्थानीयले नियन्त्र

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ३१२ पटक पढिएको
  • रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल

    काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् । उनीहरूले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका हुन् ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • २३१ पटक पढिएको
  • गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । शोकको यस घडीमा उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्याएको नेतृ

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ११९ पटक पढिएको
  • ‘मुलुकमा अभिभावकको अभाव हुँदा द्वन्द्व बढ्यो, शान्ति, सद्भाव र पारस्परिक सम्मान आवश्यक छ’ -स्वामी आत्मानन्द गिरी

    काठमाडौं । सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाले धार्मिक तथा सामाजिक वृत्तमा समेत चिन्ता बढाएको छ ।यिनै घटनाक्रमप्रति प्रतिक्रिया व्यक्त गर्दै देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले नेपालमा सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन् ।पछिल्लो घटनाक्रमका सन्दर्भमा गुप्तचर खबरले गरेको कुराकानीमा उनले नेपाली समाजको पहिचान सहिष्णुता, धार्मिक स्वतन्त्रता र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै पछिल्ला घटनाले त्यस परम्परामाथि चुनौती स

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १२७ पटक पढिएको
  • आज साउन १५, देशभर खीर खाएर मनाइँदै

    काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ११५ पटक पढिएको
  • आज साउनको दोस्रो सोमबार

    काठमाडौं— आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ४७१ पटक पढिएको
  • २४ वर्षदेखि रोकिएको सम्यक महादानको स्मरणमा साउन १३ गते दिपंकर बुद्धको शोभायात्रा

    काठमाडौं— हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ ।गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएका थिए । उनीहरूले कार्यक्रमको सफल व्यवस्थापनका लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ६५५ पटक पढिएको
  • हरिशयनी एकादशी: तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन

    काठमाडौं— प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ।धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास रहे

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ५२४ पटक पढिएको
  • साउनको पहिलो सोमबार: पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं / साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् । कोषका प्रतिनिधि शुशील कुमार गौतमले अहिलेसम्मको तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या सार्वजनिक गर्न केही समय लाग्ने बताए ।उनले भने, ‘अहिलेसम्मको तथ्यांक संकलन भइरहेको छ । बिहानदेखि राखिएको रजिस्टरको विवरणअनुसार साउनको पहिलो सोमबार साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार दर्शनार्थीले पशुपतिनाथको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २७२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.