धर्म/संस्कृति

    Showing 201-210 of 680 items.
  • काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादीहरूको आन्दोलन सुरु

    राजावादीहरुले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने र आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 222 पटक पढिएको
  • 'जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो'

    महोत्तरी— मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 288 पटक पढिएको
  • लड्केश्वर धाम: जनआस्थाले पुनर्जीवन दिएको कालाग्निरुद्र पीठ

    काभ्रे—  धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको लड्केश्वर धाम पछिल्लो दशकमा पुनर्जीवित हुँदै विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा उभिन थालेको छ । काभ्रेको पनौती नगरपालिका–११ मा अवस्थित यो पवित्रस्थल सूर्य पुराणको ५७ औँ अध्यायमा वर्णित कालाग्निरुद्रको स्मरणसँग गाँसिएको छ, जसले यस धामको आध्यात्मिक महत्त्वलाई अझै उचाइमा पुर्‍याएको छ ।अलपत्र अवस्थाबाट जागरणको यात्रातर्फ:झन्डै २० वर्षसम्म निर्माणाधीन अवस्थामा अलपत्र रहेको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ वटा शिवधारालाई जनआस्थाबाट पुनर्निर्माण गरी २०८० सालमा सम्पन्न गरिएको राष्ट्रिय कोटिहोम मार्फत लड्केश्वर धा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 351 पटक पढिएको
  • आज उभौली पर्व मनाउँदै किरात समुदाय

    काठमाडौं— प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।बाली लगाउनुअघि गाउँ/गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 250 पटक पढिएको
  • बौद्धस्थित ल्हाखाङ गुम्बामा राष्ट्रपतिद्वारा पूजा

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए ।बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यक

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 229 पटक पढिएको
  • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    चितवन  ।  शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परे

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 345 पटक पढिएको
  • लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मनाइने

    रूपन्देही— लुम्बिनीमा २५६९ औँ बुद्धजयन्ती मनाइने भएको छ । शनिबार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गर्दै २५६९ औँ बुद्धजयन्ती मनाउने भव्य तयारी भईरहेको जानकारी गराएको हो ।वैशाख २८ देखि ३० गतेसम्म तीन दिवसीय विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने कोषले जनाएको छ ।प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुनेछ ।साथै, विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 312 पटक पढिएको
  • आज हनुमान जन्मजयन्ती

    काठमाण्डौ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ ।हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 346 पटक पढिएको
  • आँटेको पुर्‍याइदेउ बागलुङ कालिका...

    गण्डकी । जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु¥याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाएका थिए । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ । गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 345 पटक पढिएको
  • कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन

    गलकोट (बागलुङ) । चैतेदसैँैैको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसँैको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन रु ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।चैतेदसैँमा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 287 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा