धर्म/संस्कृति

    Showing 201-210 of 976 items.
  • विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

    काठमाडौं— आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता भन्ने रहेको छ, जसले उत्पादन सुरक्षाको लागि महत्त्वपूर्ण आवश्यकता, खतरनाक वस्तुविरुद्ध बलियो नियमन र भौतिक र डिजिटल बजार दुवैमा विश्वास निर्माणमा केन्द्रित छ ।यस विषयवस्तुले सुरक्षित उत्पादनले आत्मविश्वासी उपभोक्तालाई डोर्याउने कुरालाई प्रकाश पार्छ ।सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका

    • प्रकाशित मितिः चैत १, २०८२
    • 456 पटक पढिएको
  • चैत्रकृष्ण एकादशीः पापमोचनी एकादशी व्रत गरिँदै

    काठमाडौं— आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो ।प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग गइन् । मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ ।सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने

    • प्रकाशित मितिः चैत १, २०८२
    • 454 पटक पढिएको
  • फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फुङ्लिङ। पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • 346 पटक पढिएको
  • आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    काठमाडौं— भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ गर्ने लागिएको छ ।महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको हो ।आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने लागेको हो ।आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 441 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए। उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 546 पटक पढिएको
  • हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौंः कमल थापा

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।थापाले लेखेका छन,‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धत

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 482 पटक पढिएको
  • ‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा भएपछी युवाहरुले मन्दिरमा चढाए ५५ किलो मिठाई

    सर्लाही— सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन् ।जिल्लाको चन्द्रनगर गाउँपालिका – ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भाकल गरेका थिए ।युवाहरूका अनुसार सर्लाहीका रास्वपा उम्मेदवारहरू नीतिमा भण्डारी (कार्की), रविन महतो, नरेन्द्र साह कलवार र डा. अमरेश सिंहलगायत तथा देशभर पार्टीका उम्मेदवारहरूले सफलता पाएपछि आफ्नो भाकल पूरा भएको भन्दै

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 482 पटक पढिएको
  • आज तराईकामा होली मनाउँदै

    काठमाडौं— आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 490 पटक पढिएको
  • आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

    काठमाडौं— फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।आज बिहान ७ः१३ बजेको शुभसाइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८/१९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 550 पटक पढिएको
  • पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं— मारवाडी सेवा समितिको मातहतमा रहेको पशुपति गौशाला धर्मशालाको मुद्दामा आज सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतले २०८१ असोज १६ गते पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको स्वामीत्वमा रहने फैसला गरेपछि समितिले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।मारवाडी सेवा समितिले हालसम्म चार पटक मुद्दाको सुनुवाइ सारेको छ । जेनजी आन्दोलनमा आगजनीमा परेको पशुपति गौशाला धर्मशालामा समितिले फेरि व्यवसाय सुरु गरेको छ । अदालतले अहिलेसम्म सामान्य आदेश मात्रै गरेको छ ।०६० जेठ १२ गते व्यवसायी वसन्त चौधरी कोषको सदस्यसचिव रहेका बेला जालसाजीपूर्ण तरिकाले भगवान पशुपतिनाथको सम्पत्ति मारवाडी सेवा समितिले ५१

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.