धर्म/संस्कृति

    Showing ११-२० of ९७९ items.
  • पाथीभरामा घण्टीबाटै विशाल घण्टी

    ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वारमा घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ । सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए ।  पछिल्लो समय भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ । यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गरको छ । पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यव

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १९० पटक पढिएको
  • थारु समुदायको गुरिया पर्व मनाउँदै

    काठमाडौं / थारु समुदायले आज गुरिया पर्व मनाउँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरिया पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली,  कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँने गर्दछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १७६ पटक पढिएको
  • बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताउनुभयो । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हज

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २४७ पटक पढिएको
  • साउनको अन्तिम सोमबार :पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईँचो

    काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज आराध्यदेव पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल र पूजा सामग्री बोकेर विभिन्न शिवालयमा पुगेका छन्।काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू लामबद्ध भएर भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरिरहेका छन्। साउनको अन्तिम सोमबार भएकाले यस दिन विगतका सोमबारभन्दा भक्तजनको चाप थप बढेको छ।साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिन्छ। हिन्दु धर्मावलम्बीले साउनभर व्रत बस्ने, शिवलिङ्गमा जल तथा दूध चढाउन

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १६८ पटक पढिएको
  • पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    काठमाडौँ। आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ ।यस अवसरमा प

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २३३ पटक पढिएको
  • साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

    काठमाडौँ। सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् ।आइतबारको बोलबम यात्राको आयोजना बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाले गरेका हुन् ।बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरीजल आएर स्नानलगायत नित्यकर्म गरी जल लगेर पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् । बोलबम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थाप

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २४८ पटक पढिएको
  • साउनमा भरिभराउ सन्तानेश्वर, विश्वभरका धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

    ललितपुर । काठमाडौं सिनामंगलकी सिर्जना रोक्का करिब सात बर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको सन्तानेश्वर मन्दिरमा दर्शन गरेर फर्किएको थिइन । लामो समयदेखि निःसन्तान भएकाले सन्तान प्राप्तीका लागि कामना गरेकी थिइन । दर्शन गरेको डेढ बर्षपछि उनले सप्तान प्राप्त भयो ।‘करिब सात बर्ष पहिले मन्दिरमा सन्तान प्राप्त होस भनेर कामना गर्न आएकी थिए । यहाँ विधिपूर्वक पूजा गरेर फर्किएको डेढ बर्षपछि मेरो सन्तान भयो । जे मागेकी थिए पूरा भयो । त्यसैले सन्तानेश्वर महादेवप्रति विश्वास छ,’ गुप्तचर खबरसंग उनले सुनाइन । साउनको तेस्रो सोमबार सन्तानेश्वरमै दर्शन गर्न पुगेकी उर्मिला थापा पनि मन्दिरमा पुगेर

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १२९ पटक पढिएको
  • अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण

    भद्रपुर। साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ ।धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा दर्शन गरेका छन् । बिहानैदेखि भक्तजनको लाम लागेकाले दिनभरि धाम परिसर भक्तिमय बनेको थियो ।जोशीका अनुसार यस वर्ष साउनको तेस्रो सोमबार भक्तजनको उपस्थिति अघिल्लो दुई सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ । धाममा आउने श्रद्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २५३ पटक पढिएको
  • शिवालयमा दर्शनार्थीको घुइँचो

    काठमाडौँ। चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो  लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ  । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । 

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २८० पटक पढिएको
  • नैतिकता र आत्मीयताको संकटले समाजमा निराशा बढायो : डा.योगी

    काठमाडौं । पछिल्ला तीन दशकमा नेपालले बहुदलीय व्यवस्था, गणतन्त्र, संघीय शासन प्रणाली तथा सूचना–प्रविधिको विस्तारजस्ता महत्वपूर्ण राजनीतिक र सामाजिक परिवर्तनहरू अनुभव गरेको छ ।तर यी परिवर्तनसँगै नागरिकको अपेक्षा, असन्तुष्टि, सामाजिक सम्बन्ध र जीवनशैलीमा पनि व्यापक बदलाव आएको छ । सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।यस्तै परिदृष्यमा युवापुस्तामा निराशा र आक्रोश बढिरहेको बेला संकृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले बाह्य

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.