धर्म/संस्कृति

    Showing १७१-१८० of ९७९ items.
  • बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गलकोट। चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी  रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका सात लाखभन्दा बढी  दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु एक लाख १७ हजार, चैत ६ गते रु एक ला

    • प्रकाशित मितिः चैत १८, २०८२
    • ३३५ पटक पढिएको
  • आज महावीर जयन्ती मनाइँदै

    काठमाडौं— आज दुई हजार ६२५औँ महावीर जयन्ती मनाइँदै छ ।आज विभिन्न कार्यक्रम गरी महावीरको मनाइँदै छ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् ।नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ४४४ पटक पढिएको
  • भूटानी अधिकार समूहले दियो नेपालका प्रधानमन्त्रीलाई बधाई, शरणार्थी समस्या समाधान गर्न आग्रह

    द हेग— भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी)ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।संस्थाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ।जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालका लागि यो महत्वपूर्ण घडी भएको उल्लेख गर्दै दशकौँदेखि नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रधान

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ५२५ पटक पढिएको
  • हराए मौलिक भाका, फेरियो चैतेदसैँ

    गलकोट।‘चैतेदसैँ मेलैमाझर्छ आँशु छुट्ने बेलैमा’चैतेदसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि गाएको गीतको अंश हो यो । बागलुङको चैतेदसैँ मेलाका रुपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने छुट्ने मौकाका रूपमा रहेको गीतले पुष्टि गर्दछ । चैतेदसैँ मेलामा भेटिएका पुन अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतार्नुभएको थियो ।‘चैतेदसैँ बागलुङे मैलैमालाइदेउँ माया भेट भाको बेलामा’यस्तै गायक टीका क्षेत्रीले देढ दशक पहिला गाएको गीतको अंशले समेत चैतेदसैँमा भेट्ने र माया पिरती लगाउने कुरालाई पुष्टि हुन्छ । यो गीतमा भनेजस्तै स्थ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २८८ पटक पढिएको
  • बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भनेः नजिकबाट सहकार्य गर्न उत्सुक छु

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् ।उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।’मोदीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन् ।साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्

    • प्रकाशित मितिः चैत १३, २०८२
    • ५५६ पटक पढिएको
  • बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

    जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा शुक्रबार उत्सव मनाइने भएको छ ।बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।एकडारा गाउँका बच्चादेखि वृद्धसम्म सबै खुसी छन् । स्थानीय सुशीला देवीका अनुसार आज उनले

    • प्रकाशित मितिः चैत १३, २०८२
    • ४५० पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन् ।चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् ।राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए । यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • ४७८ पटक पढिएको
  • आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

    काठमाडौं— चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।धार्मिक मान्यताअनुसार त्रेता युगमा श्री रामचन्द्रको जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई विष्णुको सातौँ अवतार मानिन्छ ।पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ ।वासन्तीय नवरात्रको नवमीका द

    • प्रकाशित मितिः चैत १३, २०८२
    • ५९७ पटक पढिएको
  • सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा

    रामेछाप— सुनकोसी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक विश्वामित्र गुफा सुनकोसी नदी कटानको जोखिममा परेको छ ।रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित सुनकोसी नदी किनारमा रहेको गुफा धार्मिक तथा ऐतिहासिक दृष्टिले निक्कै महत्वको रहेको छ।गुफामा विश्वामित्र ऋषिले तपस्या गरी सूर्य भगवानबाट गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ । त्यसैले गुफालाई गायत्रीमन्त्र प्रादुर्भाव भएको गुफाको रूपमा लिइन्छ ।विश्वामित्र ऋषिले आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरमा पूजा गरी यही गुफामा तपस्या गरेर बस्ने गर्दथे र जाडोको बेलो गुफा भन्दा माथि राकाथुमको चापाडीमा रहेको ढुङ्गामा गएर घाम ताप्ने र गर्मीको रातमा सोही ढ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ४९५ पटक पढिएको
  • ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु

    काठमाडौं— ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर सम्पन्न हुन्छ ।चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ ।यो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ४७२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.