काठमाडौं / रसुवा बाढीका कारण जोखिममा परेका विभिन्न देशका नागरिकलाई उद्धार गरिएको छ ।
उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतीय ११ जना, अमेरिकी २ जना, इटालियन २ जना र दक्षिण कोरियाली ४ जना रहेका छन् ।


उद्धार गरिएका भारतीय नागरिकको विवरणअनुसार उनीहरू सबैलाई टिमुरे क्षेत्रबाट उद्धार गरिएको हो । उनीहरूको उमेर ४६ देखि ६९ वर्षसम्म रहेको छ । विवरणमा ८ जना पुरुष र ३ जना महिला उल्लेख छन् ।

त्यस्तै, उद्धार गरिएका अमेरिकी नागरिकमा ५२ वर्षीया अञ्जना राजा र ५५ वर्षीय पट्टाबिरामन वेंकटेसन रहेका छन् । इटालीका उद्धार गरिएका नागरिकमा ३९ वर्षीय लोटुमुव स्टेकानो र ३७ वर्षीया भालुरेन्टिना पिचिन्टुई रहेका छन् ।दक्षिण कोरियाका उद्धार गरिएका नागरिकमा ४१ वर्षीय तायुन किआ, ५७ वर्षीय तेहुन युम, ५६ वर्षीय जोङहो लिम र ५६ वर्षीय जेपोक याङ रहेका छन् ।






































