नुवाकोट । नुवाकोटको त्रिशूली बजारस्थित नयाँ पुलबाट एक युवक नदीमा हामफालेपछि बेपत्ता भएका छन्। घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरेको छ।

प्रहरीका अनुसार बिदुर नगरपालिका–१०, गेर्खु निवासी करिब ३५ वर्षीय श्यामबहादुर मग्राती बिहीबार दिउँसो करिब १स्१० बजे पुलबाट त्रिशूली नदीमा हामफालेका हुन्। त्यसयता उनी सम्पर्कविहीन छन्। घटनाको सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय घटनास्थलमा पुगेको र नदी क्षेत्रमा व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिको अवस्था अझै खुल्न नसकेको भन्दै प्रहरीले खोजी अभियानलाई निरन्तरता दिएको छ। घटनाको कारणबारे पनि अनुसन्धान अघि बढाइएको छ।