काठमाडौं— एसियन गेम्स महिला टिः२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (शनिबार) मलेसियासँग भिड्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।

नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपाली टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्ने छ ।