काठमाण्डौ । Gen Z को तर्फबाट आवाज उठाउँदै आमरण अनशनमा रहेका डा. निकोलस भुसालद्वारा प्रस्तुत मागहरूमा शुक्रबार नेपाल सरकारसँग विस्तृत छलफलपछि सहमति भएको छ।
सरकार र डा. भुसालबीच मागहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने विषयमा औपचारिक सम्झौता सम्पन्न भएसँगै उनले आमरण अनशनको औपचारिक रूपमा अन्त्य भएको छ।
सरकारसँगको संवादपछि भएको यो सहमति युवाहरूको आवाज सुन्ने दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ। डा. भुसालको आन्दोलनले भ्रष्टाचार विरुद्ध, सुशासन र जवाफदेहिताको पक्षमा Gen Z पुस्ताको सशक्त उपस्थितिले स्पष्ट पारेको छ।
सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, डा. भुसाल तथा विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।








































