भद्रपुर  ।  काठमाडौँबाट झापाको चन्द्रगढी (भद्रपुर) विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट करिब २०० मिटर बाहिर खोल्सामा पुगी दुर्घटनाग्रस्त भएको छ।

घटना लगत्तै सुरक्षा निकाय, विमानस्थल प्रशासन र उद्धारकर्मीहरूको सक्रियतामा जहाजमा सवार चालक दलका सदस्यसहित कुल ५५ जनाकै सकुशल उद्धार गरिएको छ।

यस घटनामा कुनै पनि मानवीय क्षति भएको छैन। सबै यात्रुहरू सुरक्षित रहेकाछन र आवश्यक समन्वय भइरहेको छ।