पर्सा  ।    प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागू औषध चरेससहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे प्रहरीले जनाएको छ।FB_IMG_1766320410215जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा फल्स बनाई लुकाएको २४० किलो चरेस बरामद भएको हो। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए।FB_IMG_1766320413493प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका – २२, जगरनाथपुर ढाटअगाडिबाट उनीहरूलई पक्राउ गरिएको हो।