काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशका केही स्थान, मधेशस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशीका केही स्थान, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।