काठमाण्डौ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।Screenshot_2025_0529_222838

यस सिफारिससँगै ठाडा मगर नेतृत्व तहमा पुग्ने निश्चित भए पनि अन्य वरिष्ठ अधिकृतहरूको सम्भावना कमजोर देखिएको छ। सशस्त्र प्रहरीका तत्कालीन एआईजी चन्द्रप्रकाश (सिपी) गौतम वैशाख २ मा अवकाश प्राप्त गरेपछि रिक्त रहेको पदमा डेढ महिनापछि बढुवाको निर्णय भएको हो।

वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन् । 

डिआइजी बढुवा हुँदाको समयमा गणेश ठाडा मगर  १ नम्बरमा थिए भने कमल गिरी ५ नम्बरमा थिए। इन्स्पेक्टर हुँदादेखि एसएसपीसम्म मेरिट सूचीमा अगाडी रहेका ठाडा डीआईजीमा पछि पारिएका थिए । सङठनमा तालिम सन्ङै उनी अब्बल अधिकृतको रूपमा चिनिन्छन । 

सशस्त्रमा आधारभूत तालिममा ठाडा मगर सर्वोत्कृष्ट हुँन । मगर सशस्त्र प्रहरी बल दिवसमा सर्वोत्कृष्ट भई तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीबाट ट्रफि समेत प्राप्त गरिसकेका छन्। 

सधै काममा उत्कृष्ट ठाडा मगरले कमाण्ड गरेकाे सबै युनिट सर्बाेत्कृस्ट भएका छन । डिआइजीमा मधेश स्थित २ नुम्बर बाहिनिपति हुदा आन्तरिक निरीक्षणमा २०७८ सालको सर्बाेत्कृस्त बाहिनि घाेषित भई तत्कालिन प्रधानमन्त्री तथा बाग्मती स्तरिय बाहिनिपति हुदा समेत सर्बाेत्कृस्ट भई गृहमन्त्री रमेश लेखकबाट २०८१ काे ट्रफि प्रप्त गरेका थिए । 

बेसिक तालिममै सर्वोत्कृष्ट ठहरिएका ठाडा मगरले माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जाजस्ता संवेदनशील क्षेत्रमा खटिएर लडाकुकै रूपमा आफ्नो पहिचान बनाएका थिए। स्थानीय स्तरमा प्रभावकारी अप्रेसनहरू सञ्चालन गर्दै आएका मगरले द्वन्द्वकालमा सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिएका थुप्रै कार्यक्षेत्रमा सफल भूमिका निर्वाह गरिसकेका छन। 
ठाडा मगरले मित्रराष्ट्र भारतबाट व्यवस्थापन  सम्बन्धी तालिम, संयुक्त राष्ट्रसङ्घको तालिम प्रशिक्षक, चिनबाट उच्चस्तरिय कमाण्ड तथा स्टाफ कलेज तालिम प्राप्त गरि  APF कमाण्ड तथा स्टाफ कलेजकाे प्रमुखको रुपमा कार्यकाल सफल बनाइ सकेका छन।

494686990_2397502430778743_2328059109834030910_n