काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका राजावादीहरुले काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएका छन् ।
राजावादीहरुले राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आज गणतन्त्र दिवसकै दिन पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।
राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाका अनुसार उपत्यकाका विभिन्न पाँच ठाउँबाट आन्दोलनका लागि जुलुस निक्लिदैछ । जसमा मैतिदेबीबाट निस्किने जुलुसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गर्नेृछन् । त्यसैगरी सिफलबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाले जुलुसको नेतृत्व गर्नेछन् ।
नारायणचौरबाट नबराज सुबेदी, नयाँबजारबाट डाक्टर प्रकाशचन्द्र लोहनी,त्रिपुरेश्वरबाट केशरबहादुर बिष्ट लगायतका नेताहरुको नेतृत्वमा जुलुस निकालिंदैछ । सबैतिरको जुलुस रत्नपार्कस्थित शान्ति बाटिकामा पुग्नेछन् ।