काठमाडौं— भिजिट भिषा प्रकरणबारे गृहमन्त्रीलाई अप्ठ्यारो बनाएको छ । उनलाई विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठकमा सो बारे बोल्न पाएनन् । 

चारै तिरबाट गृहमन्त्री रमेश लेखकले नैतिक आधारले राजिनामा दिनु पर्ने दबाब आएको छ । सामाजिक सञ्जालदेखि संसद भवनमा समेत उनको राजिनामा मागेका छन् । तर उता कांग्रेसका सभापति शेर बहादुर देउवाले भने उनको संरक्षण गरेका छन् । गृहमन्त्री लेखकले सो बारे संसदमा जवाफ दिन खोजिरहेका थिए तर विपक्षी दलका सांसदहरुले उनलाई बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्ने भएका छन्। 

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा बोल्न समय मागेपनि विपक्षी दलहरूले संसद्को कामकारबाहीलाई अघि बढाउन दिएनन् । त्यसका लागि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि गृहमन्त्री लेखकले संघीय संसद् भवनको ल्होत्से हलमा आज ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका छन्। तर सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन नगर्ने अडान राख्दै आएका छन्।