काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी भोलि (बुधबार) तोकिएको छ। यसअघि, रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर पौडेलको नियुक्ति कानूनी रूपमा विवादास्पद रहेको भन्दै रिट दायर गरेका छन्। उनीहरूले गभर्नरको नियुक्ति प्रक्रियामा भएका कानूनी त्रुटिहरू र नियुक्तिको वैधता माथि प्रश्न उठाएका छन्।
यसअघि, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा पनि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।