विराटनगर—  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । एक बिशेष कार्यक्रमका विच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका हुन् ।

कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाई तथा प्रहरीका दैनिक काम कारवाहीलाई निरन्तरता दिईरहेको कार्कीले बताए ।

भेटघाट कार्यक्रममा उनले संचारकर्मीहरुबाट उठेका विविध बिषयमा उठेका जिज्ञासाहरुलाई प्रस्ट पारेका थिए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ट उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक हरि डंगोल सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

05