एजेन्शी । भारतको हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्।
पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्।उनले भनेकी छन्, 'प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ।' समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादुनवासी एकै परिवारका सदस्य थिए।
मृतकमा दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य छन्। प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा घटना भएको र सबैको शव कारबाट बरामद भएको बताएको छ। कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो।
डीसीपी कौशिकले प्रथम दृष्टिमा आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताएकी छन्।