काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरीलाई पत्र लेखेका छन् ।

शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं कब्जा गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सो दिन राप्रपासहित राजावदी शक्तिहरुले राजतन्त्र र हिन्दूराज्यको मुद्दासहित प्रदर्शनको तयारी गरेका छन् ।

सोही दिन आफ्ना कार्यकर्ताहरुलाई प्रतिवाद गर्न प्रधानमन्त्री ओलीले उर्दी जारी गरेर हिंसा भड्काउन खोजेको भन्दै हमालले प्रहरीलाई पत्र लेखेका हुन् ।

‘‘शान्ति सुरक्षा खलल पुर्याउने, हिंसा भड्काउने र देशलाई द्वन्दतर्फ लैजाने कलुसित मनसायका साथ प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमा संगठित रुपमा कुकृत्य गरिरहेको छानबिन हुनुपर्छ । त्यसको लागि उनलाई तत्काल पक्राउ गरी हिरासतमा राख्न निवेदन पेस गर्दछु,’ हमालले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै भनेका छन् ।

त्यस्तै प्रहरीले उक्त कुरालाई नजरअन्दाज गरेमा त्यसको जिम्मेवार राज्य हुने चेतावनी समेत दिएका छन् ।

500225758_122172293654367238_6369027097612922549_n-1-1085x1536