काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी क्ष्रीमती निकिता पौडेलले अब न्याय माग्न म कहाँ जाऊ ? भन्दै भावुक भएकी छन् ।
सामाजिक सञ्जालमार्फत पौडेलले सर्वोच्च अदालतले आफुलाई न्याय नदिएको उल्लेख गर्दै अब, न्याय माग्न म कहाँ जाऊँ ? भन्दै प्रश्न गरेकी हुन् ।
उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको उल्लेख गरेकी छन् ।