काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखेकमाथि सामाजिक सञ्जालमार्फत मेयरले गृहमन्त्री लेखकको भेट रास्वपा सभापति रवि लामिछानेसँग जेलमा हुन्छ कि भन्दै व्यंग्य गरेका छन।

उनले गृहमन्त्री लेखकले राजीनामा दिएर जेल जान तयार रहनु पर्ला जस्तो देखिएको बताएका छन। राईले सबै गृहमन्त्रीहरू जेल जाने भए सुरक्षा कसले गर्ने भन्दै प्रश्न समेत गरेका छन।

यस्तै मेयर राईले शान्ति सुरक्षा र सुशासनको ग्यारेण्टी दिने मुख्य मान्छे गृहमन्त्री भएकाले उनीहरू नै मानव तस्करी, सहकारी ठगीजस्ता प्रकरणमा जेल जानु दुखद भएको उल्लेख गरे।Screenshot_2025_0526_154448