काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिचमा एकता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएसँगै दुवै दलबीच एकता भएको छ ।  

तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने गरेका हुन् । 

नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो ।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए र महेन्द्र रायले सर्लाही२ बाट चुनाव जितेका थिए ।

MC_3