चितवन— मनकामना दर्शन गर्न जाँदै गरेका एक भारतीय नागरिकको शौचालयमा लडेर मृत्यु भएको छ। आइतबार बिहान साढे ८ बजेतिर मनकामना दर्शन गर्न जाँदै गरेका ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्ट केवलकारको शौचालयभित्र लडेका थिए।

भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय मन्नुप्रसाद भट्ट अचेत अवस्थामा भेटिएका थिए । उनको उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङ प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।

शव पोष्टमर्टमको लागि भरतपुर अस्पताल पठाइएको छ।