काठमाण्डौ । पोखरामा भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ४.७ रेक्टर स्केलको गएको मापन केन्द्रले जनाएको छ ।
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।