मोरङ  ।   बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका-८ दर्वेसा स्थित भित्री सडक खण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

जेठ ५ गते दिउँसो कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको  को.१ख २१०३ नम्बरको यात्रुबाहक बसले रंगेली-७ का दिलीप मण्डलको १३ बर्षीया छोरी मिरा मण्डललाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएकी उनको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको थियो । 

ठक्कर दिने बस र बस चालक कटहरी गाउँपालिका-७ का ५५ बर्षीय चन्द्र बहादुर मगरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।