काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा वार्ता भएको छ।
सरकारी निवासमा सत्ता सहयात्री कांग्रेस सभापतिसँग भेट गरेका ओलीले यसअघि सोमबारको वार्ता अस्वस्थ्यताका कारण सारेका थिए। राष्ट्र बैंक गभर्नर नियुक्तिको विषय नै प्रमुख एजेन्डा रहेको उच्च स्रोतले जानकारी दिएको छ।
वार्तामा देउवाले प्रस्ताव गरेका गर्भनरको नाममा विश्व पौडेलमा सहमति खोजीरहेका छन्। मन्त्रिपरिषदको आकस्मिक बैठक डाकी गभर्नर नियुक्ति गर्नका लागि देउवाले दबाब दिएका हुन्।
लामो समयदेखि अल्झिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अन्ततः निष्कर्षतर्फ उन्मुख भएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उक्त बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।