काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ ।
लामिछानेका कानुन व्यवसायीहरूले अहिले बहस गरिरहेका छन्। यो रिट ६ पटकसम्म हेर्न नमिल्ने अवस्थामा परेको थियो। सहकारी प्रकरणमा थुनामै रहेका रबि लामिछने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन ।