काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएकोमा प्रश्नोत्तर कार्यक्रम रोकिएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयले सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको जनाएको थियो।