काठमाण्डौ  ।  आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।