काठमाडौं— काठमाडौ महानगरपालिका–२४ मखनटोलमा ग्यास लिक भएर लागेको आगो नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो नियन्त्रणमा लिइएको हो।

काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । सोही आगलागीको घटनामा अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको प्रहरीले जनाएको छ।