काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको सीमामा रहेका संरचना हटाउन समय दिएको छ। सोमबार एक सूचना जारी गर्दै मन्त्रालय, विभाग र महानगरले संरचना हटाउन ३५ दिने सूचना दिएको हो । 

सडकको रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा रहेकाले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै ती स्थानमा परेका संरचना हटाउन सम्बिन्धित निकायले सूचित गरेको हो। 

यही वैशाख १० गते सडक सीमा सीमांकन गरी चिनो लगाएकोले यस क्षेत्रका अनधिकृत संरचना ३५ दिनभित्र नहटाए सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधिअनुसार कारबाही गरिने जनाइएको छ।

sadak_jadibuti22_fvVMi1kM0f