काठमाडौं— झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले आत्महत्या गरेका छन । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ । मृतक बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए ।

जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए ।

उनी सयपत्री ट्रेड लिंक मोटरसाइकल विक्रेताका सञ्चालक समेत हुन् । बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् ।