विराटनगर— उदयपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगरको मृत्यु भएको हो ।
घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङ लागेर घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा घटना स्थलमा नै मृत्यु भएको हो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोलीले मृतक लाशको पोष्टमार्टम पश्चात आफन्तलाई बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।