चितवन— रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ। निजको भरतपुर अस्पतालमा उपचारका क्रममा विहीबार (आज) मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
प्रजालाई दुई महिनाअघि कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।