काठमाण्डौ  ।  नेपाल प्रहरीका २०८ प्रहरी नायब निरीक्षकहरूको एकैपटक बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।

उनीहरूलाई प्रचलित नियमअनुसार हालकै दरबन्दीबाट तलब, भत्ता तथा रासन सुविधा प्राप्त हुने गरी पदस्थापन गरिएको हो ।