काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त ७७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।

उनीहरुलाई गृह मन्त्रालयले यही वैशाख ११ गते बैठकले १४ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।