काठमाण्डौ  । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । 

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।    प्रिसा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको उनले जानकारी दिए। उनी इन्टरनेसनल होस्टलमा बसिरहेकी थिइन्।

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । 

साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको छैन। साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो। कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो। घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो। पछि यस घटनामा कलेज प्रशासनले माफीसम्म माग्नु परेको थियो। प्रकृतिको घटनापछि अर्का एक तृतीय वर्षमा अध्ययनरत भारतीय विद्यार्थी पनि मृत फेला परेका थिए।