काठमाण्डौ  ।   सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए । मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी रहेको बैठकमा सहभागी एक सदस्यले बताएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।

वार्ता सकेर मन्त्रीहरू क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका केही माग सम्बोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।

मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । जसमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन,मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षक र निजी विद्यालयका शिक्षकका विषयमा पनि मनित्रपरिषद्‌बाट निर्णय हुनुपर्ने माग शिक्षक महासंघको छ ।

योसँगै ऐन जारी गर्ने सुनिश्चताको माग पनि महासंघले गरेको छ । त्यसैले ऐन जारी गर्ने सुनिश्चितता जनाउन सत्तारुढ दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका छन् ।