काठमाण्डौ । सरकार र शिक्षकहरूबिचको वार्ता सुरुभएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता भैरहेको हो ।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको छ । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।

वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू र गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।

सरकार र शिक्षक महासंघबीच सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज निर्णायक वार्ता हुने नेताहरूले दाबी गरेका छन् ।