खादबारी । जिल्लाको खाँदबारी नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन् ।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका ४ जना घाइते भएका हुन् ।

OM Sai Pathibhara Hospital

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।