काठमाडौं— नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएका छन्।  आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईहरूलाई इन्स्पेक्टर पदमा बढुवा गर्न सिफारिस गरेको हो।

इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत  वरिष्ठ सई सुदिप थापा छन्।

OM Sai Pathibhara Hospital

यस्तो दोस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बरेङडाडा बागलुका रवी घिमिरे छन् भने तेस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बाफिकोट पश्चिम रुकुमका फणिन्द्र क्षेत्री छन्।