भोजपुर । भोजपुर र संखुवासभा जिल्ला जोड्ने सतिघाटमा पक्की पुल नहुदा अझै पनि फेरिले गाडी तार्न पर्ने बाध्यता छ ।
अरुण नदीको यो फेरि भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने महत्वपुर्ण माध्यम हो । तर, बेलाबेलामा फेरिको डोरी चुडिदा यातायात सेवा नै ठप्प हुदै आएको छ ।

यस क्षेत्रमा पक्की पुल बन्न ढिलाई हुदै आएको छ ।