संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२, डाँडाखर्कमा लेकलागेर शनिबार बिहान तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको छ ।

मकालु बेसक्याम्प जाने क्रममा ४२०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको छ । सिग्देलको शव परीक्षणनिम्ति जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्र खाँदबारी ल्याइन सक्ने प्रहरीले जनाएको छ ।