वीरगन्ज  । हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार(आज) बेलुका ७:३० देखि आइतबार अपराह्न १२ः०० बजेसम्मका लागि कर्फ्यु  आदेश जारि भएको छ।

दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगन्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु  आदेश जारी गरेको हो ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा शनिबार साँझ ६ः३० बजे देखि आइतबार दिनको १२ बजे सम्म रहने उल्लेख छ । पूर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी गरेको छ ।

सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो । हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि झडप भएको हो ।

उक्त शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुवै पक्ष बिच झडपमा भएको बताइएको छ  । झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । उनीहरूको अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगन्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो।

यस अघिका वर्ष पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आएको थियो । महानगरले रात्रि बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगन्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।Screenshot_2025_0412_205732