काठमाडौ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।