काठमाण्डौ । डुम्रे बेसीशहरसडक खण्ड अन्तर्गत तनहुँको भानु-१ मोहरीयाबाटोमा बेसीशहर आउँदै गरेको बस दुर्घटना भएको छ।

 ग १ ख ६४९८ नम्बरको बस शुक्रबार साँझ ४:३५ को समयमा दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन्। तीमध्ये चारजनालाई CMC चितवन रीफर गरिएको छ। बाँकी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

 घाइते हुनेहरुमा दोर्दी-९ घर भएका सात वर्षीय रोजित विक, सही ठाउँ बस्ने ४५ वर्षीय शुसिला बि.क, राइनस-६ बस्ने ४० वर्षीय बिमला बिक र एकजना रौतहटका ५३ वर्षीय रामपुकार सुनार रहेका छन्।