काठमाण्डौ । दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्याएको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले बताएको छ।
भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्याएको समितिले जनाएको छ।

समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन्।
नेपालले भनेका छन कि ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रूपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गर्दै बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन/प्रशारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ प्रहरिले भनेको छ।