काठमाण्डौ  । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं  राजधानीको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका  प्रसाईं पक्राउ परेका छन् । 

आज (बिहिबार) बेलुका भारतको आसाम राज्यको गुहाटीमा दुर्गा प्रसाईले  भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन। उनलाई आजै नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भारतिय प्रहरिको छ । आफ्नो ज्यानको सुरक्षाका लागि भारत स्थिति आसाम प्रहरी कहाँ पुगेका दुर्गा प्रसाईलाई आजै कोशि प्रदेशको काकरभिट्टा प्रहरीलाई बुझाउने र प्रसाईलाई नेपाल प्रहरीको विशेष टोलीले आजै काठमाडौँ ल्याउने बताइएको छ।

OM Sai Pathibhara Hospital

राज्यबाट शोषित पीडित र सबै राष्ट्रवादी नागरिकलाई एकजुट हुन आव्हान गर्दै नागरिक बचाउ महाअभियान सन्चालन गरिरहेका दुर्गा प्रसाई नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र राजावादी आन्दोलनको कमाण्डर बनाएको थिए । उनै प्रसाईको नेतृत्वमा भएको चैत्र १५ गतेको तिनकुने घटनामा घुसपैठ हुनपुग्दा प्रदर्शनकारी र पत्रकार गरि दुई जनाको मृत्यु भएको थियो ।

प्रहरीले राजावादी आन्दोलनमा सय भन्दा बढी गोेली र आठसय जति अश्रृ ग्यास चलाएको थियो । त्यसक्रममा सयौ घाइते समेत हुन पुगेका थिए । अहिले त्यस घटनाको न्यायिक छानविनको कुरा सर्वत्र उठीरहेको छ। प्रदर्शनमा दोहोरो झडप र गोली चलेको थियो भने पछि आन्दोलनकारी तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । घटनालगत्तै भागेका प्रसाइ घटनाको १२ दिनपछि प्रहरीको सम्पर्गमा आएका हुन । 

यस अघि उनले भिडियो सन्देशमा आफ्नो सुरक्षाको कुरा उठाइएका थिए। बुधबारमात्रै प्रसाईंले आफू बाध्यताले भाग्नुपरेको दाबी गरेका थिए । एक भिडियो सन्देशमार्फत उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरेका थिए । ‘एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । दुर्गा भनेको विचार हो,’ उनले भनेका थिए । 

उनले आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका थिए । ‘म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ,’ उनले भनेका थिए, ‘म रहिन भने यो जनविद्रोह दबाएर जान्छ । किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’

घटनापछि उक्त प्रदर्शनका कमाण्डर प्रसाईं फरार भएका थिए । उनले फरार रहेकै बेला भिडियो सन्देश जारी गर्दै ज्यानको सुरक्षा रहने ग्यारेन्टी भए चाैबिस घण्टाभित्र सार्वजनिक हुने बताएका थिए ।

तीनकुने घटना हिंसात्मक भएपछि प्रहरीले राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित दर्जनौँलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रसाईंको सचिवालयले चलाउने फेसबूक आईडीमा पनि उनले भारतमा प्रहरीसामु आत्मसमर्पण गरेको दाबी गरिएको छ। “हिजोमात्र हामीले सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं,” प्रसाईंको सचिवालयले लेखेको छ।

Screenshot_2025_0410_225411